साउदी अरब, २४ मङ्सिर २०७५ । कतारका इमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिर अनुपस्थित हुनुभएको छ ।

साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी गतिविधिलाई सधाएको आरोप लगाउँदै गत बर्षदेखि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए ।

कतारमाथि इरान र खाडी क्षेत्रमा सक्रिय इरान समर्थक विभिन्न समूहलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले कतारसँगको सम्बन्ध तोडेको घोषणा सन् २०१७ मा गरेका थिए ।

रियादले दोहासँगको डेढ बर्ष लामो विवादपछि सम्मेलको आयोजना गरी साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरण र यसले निम्त्याएका परिणाम र यमनी द्वन्द्वका बिषयमा छलफल गर्ने एजेन्डा तय गरी कतारी इमिर शेख तामिन विन हमद अल–थानीलाई निमन्त्रणा गरेको थियो । कतारले इमिरको निमन्त्रणामा प्रतिनिधित्व गर्दै आफ्ना विदेशमन्त्री सुल्तान अल–मुरैखीलाई पठाएको छ ।

दोहालाई समर्थन दिएको इरानले भने हालैमात्र साउदी अरबको प्रभाब रहेको तेल निर्यात राष्ट्रहरूको संगठन ओपेकबाट पनि बाहिरिने घोषणाले विवाद कम हुने सम्भावना देखिएको छैन ।

सम्मेलनको उद्घाटन गर्दै साउदी राजा सलमानले इरानले खाडी राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरी उक्त क्षेत्रमा सुरक्षा समस्या सिर्जना गरेको आरोप लगाउनु भएको छ ।

खाडीको सुरक्षा, स्थायित्वका लागि सहकार्यको खाँचो उहाँले औल्याउनुभयो । पत्रकार खसोग्गीका बिषयलाई लिएर साउदी राजकूमार तथा राज परिवार तनावमा रहेका समय सम्मेलन सुरु भएकाले सम्मेलनमा यस बिषयमा कसरी एकतावद्ध भएर अघि बढ्ने छलफल हुने बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्