तनहुँ, आइतबार, १८ साउन २०७७ । कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालय बन्द गरिएको छ । आज आइतबारदेखि साउन २० गतेसम्म सेवा प्रवाह रोक्ने गरी कार्यालय बन्द गरिएको हो ।

गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले गाउँपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा प्रवाह बन्द गरिएको जानकारी दिनुभयो ।

गंगालाल राष्ट्रिय हृदय रोगमा उपचाररत् बिरामी आफन्त भेटेर फर्केका गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो । अरू कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरे पनि नेगेटिभ आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्