टोकियो, १५ फागुन २०७६ । कोरोना भाईरसको प्रभावको कारण जापानका सबै विद्यालयहरु बन्द गर्न जापान सरकारले आह्वान गरेका छन् । प्रधानमन्त्री सिन्जो आवेले मार्च २ देखी हारु यासुमी अर्थात अप्रिल पहिलो सातासम्म जापान भरिका सार्वजनिक विद्यालयहरु बन्द गर्न आह्वान गरेका हो ।

होक्काइदो प्रान्तमा रहेका १६ सय विद्यालयहरु एक हप्ता बन्द गर्न आह्वान गरिएको थियो । प्राथमिक तथा जुनियर हाइस्कुलका ५० भन्दा बढी विद्यार्थी र शिक्षकहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपश्चात छोटो समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको भोलीपल्ट देशभरका विद्यालयहरु बन्द गर्न आह्वान गरिएको हो ।

कोरोना भाइरस फैलिन नदिन र जनस्वास्थ्यलाई ध्यान दिदैं जापान सरकारले विद्यालयहरु बन्द गरिएको छ ।

कानागावामा रहेका विद्यालयहरुको स्नातक र प्रवेश समारोहहरुमा परिवारका सदस्य तथा अभिभावकहरुलाई नआउन भनेको छ ।

होक्काइदोको साप्पोरोमा रहेका ३ सय विद्यालयहरु शुक्रबारवाट मार्च ६ सम्म बन्द छन् । विहिबारसम्म जापानमा ९ सय भन्दा बडी मानिसमा कोरोना भाईरस संक्रमण भेटिएको छ ।