काठमाडौं, १४ माघ २०७६ । चीनको वुहान शहरबाट शुरु भएको ज्यान लिइरहेको कोरोना भाइरसको कहर रोकिने नाम लिइरहेको छैन ।

चीनको नेशनल हेल्थ कमिशनका अनुसार अहिलेसम्म मृतकको संख्या १०६ पुगेको छ भने २,७४५ भन्दा बढिमा यो भाइरस भएको पुष्टि भएको छ ।

यी मध्ये ४६१ मनिसको अवस्था धेरै नै गम्भिर बताइएको छ । कमीशनका अनुसार, पछिल्लो २४ घण्टामा २४ जनाको मुत्यु भएको छ । जसमा एक जना ९ महिनाको बच्चि पनि छिन । १३०० नयाँ संक्रमितहरु पाइएको छ भने हालसम्म कुल ४,३५९ मानिसहरुको स्वास्थ्य जाँच संक्रमित मानेर गरिएको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय WHO ले भनेको छ कि अहिलेसम्म १५५ फ्लाइटबाट आउने ३३,५५२ यात्रिहरुको जाँच भईसकेको छ । विश्व स्वास्थ्य संगठन ले भने कोरोना भाइरसलाई पब्लिक हेल्थ इमरजेन्सि घोषणा गर्नु हतार हुनेछ ।