कठमाडौँ, सोमबार, ३ कात्तिक २०७७ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्वव्या’पी महामारी रुपमा देखिएको कोरो’नाको प्रभाव न्यूनी’करणमा सहयोगी बन्न सक्ने रो’बोट ‘या’न्त्रिक’ सार्वजनिक गरेको छ ।

प्रतिष्ठानद्वारा आज सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले यान्त्रि’कको सार्वजनिक गर्नुभएको हो ।

नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अंग्रेजी दुई भाषामा कुराकानी गर्दछ, कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ ।

हालसम्म बनेका रोबो’टले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको या’न्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्ट’को बारेमा बोलेर तथा श्रब्य’दृश्य मार्फत सूचनाहरु दिन सक्ने क्षमता रहेको इन्जिनियर रोशन पाण्डेले बताउनुभयो ।

साथै, आ’र्टिफियल इन्टे’लिजेन्स र मेसिन लर्नि’ङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्छ ।

उक्त रोबोट महिला सेविकाको स्वरुपमा तयार भएको या’न्त्रिकले मानिसको शरीरको तापक्रम पनि नाप्नेछ ।
सो रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्