काठमाडौँ, आइतबार, १७ साउन २०७७ । बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना जितेर घर फर्किएका छन् ।

आइतबार ट्विटरमार्फत उनले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएका हुन् । ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किपएको छु।’ उनले भनेका छन् ।

कोरोनाको संक्रमण भएको कारण अमिताभ बच्चनलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो। उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ । यसका साथै नानावती अस्पतालमा काम गर्ने नर्सहरुलाई धन्‍यावाद दिएका छन्। उनले भनेका छन्, ‘ नानावती अस्पतालका नर्सहरुकै कारण आज म यो दिनमा देख्‍न पाएको छु। उहाहरुले ख्‍याल गर्नुभएकोमा धेरै आभारी छु।’

उनको छोरा अभिषेक बच्चन भने अझै कोरोना पोजेटिभको कारण अस्पतालमा नै छन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्