एजेन्सी, बुधबार, ३१ असार २०७७ । अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसविरुद्धको एक भ्याक्सिन सफल सावित भएको वैज्ञानिकहरुले दावी गरेका छन । अमेरिकाको नेशनल ईन्स्टिचयुट अफ हेल्थ र मोडेरना ईन्कमा डा. एन्थोनी फाउचीको टिमले यो भ्याक्सिनको विकास गरेको हो ।

मानव परीक्षणको पहिलो चरण अन्तर्गत ४५ जना स्वयंसेवकहरुमा गरिएको परीक्षणमा सफलता हात लागेको वैज्ञानिकहरुले दावी गरेका हुन । उनीहरुका अनुसार यो भ्याक्सिन लगाएपछि मानव शरीरमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने प्रतिरक्षा प्रणालीको विकास अपेक्षा गरिए भन्दा बढी भएको छ ।

वैज्ञानिकहरुकै शब्दमा, ‘सबै ४५ जनाको शरीरमा न्युट्रालाइजिंग एंटीबडीको विकास भएको छ । यो एन्टीबडी ईन्फेक्सन रोक्नका लागि महत्वपूर्ण हुन्छ ।’ मानव परीक्षणको क्रममा प्रत्येक ब्यक्तिलाई एक महिनाको अन्तरालमा दुई डोज भ्याक्सिन दिंदा कुनै खराब असर नदेखिएको वैज्ञानिकहरुले बताए ।

तर केही सहभागीहरुमा भने फ्लु जस्तो लक्षण देखिएको थियो । तर यो सामान्य प्रतिकृया भएको वैज्ञानिकहरुले बताए । त्यस्तै अघिक डोज दिइएका तीन जना स्वयंसेवकहरुमा भ्याक्सिन लगाएपछि टाउको दुख्ने, जाडोको अनुभव हुने, ज्वरो आउने र सुई लगाएको स्थानमा दुख्ने जस्ता लक्षण पनि देखिएका थिए ।

तर यी सबै लक्षणहरु अस्थायी प्रकृतिका भएको अनुशन्धानकर्ताहरुले बताएका छन । यो सफलतालाई डा. फाउचीले गुड न्युज अर्थात राम्रो खबर भनेका छन । फाउचीका अनुसार अब २७ जुलाईदेखि यो भ्याक्सिन ३० हजार मानिसहरुमा परीक्षण गरिनेछ । यो संख्या अहिलेसम्मकै ठुलो भनिएको छ ।

वाण्डरविल्ट युनिभर्सिटी मेडिकल सेन्टरका अनुशन्धानकर्ता डा.विलियम साफनरले पनि यसलाई सफलताको सुचक भनेका छन । मंगलबार यो भ्याक्सिन सफल भएको खवर बाहिरिनासाथ मोडेरना ईन्कको शेयर १५ प्रतिशतले बृद्धि भएको थियो ।

डा. फाउचीले यो भयाक्सिनको अन्तिम परीक्षणको क्रममा बृद्ध बृद्धाहरुलाई पनि सहभागी गराइने बताए । यसका साथै गंभीर रोगहरुबाट पीडितहरुमा पनि परीक्षण गरिनेछ । विश्वमा अहिले करिब दुई दर्जन भ्याक्सिनहरु परीक्षणको अन्तिम चरणमा रहेको एपीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्