इन्डोनेशिया, ८ पौष २०७५ । आपद एजेन्सिको अनुसार जावा र सुमात्रा द्धिपमा सुनामीबाट मर्नेको संख्या बढेर ४० पुगेको छ र ६०० भन्दा बढि घाइते भएको बताएको छ ।

इंडोनेशियाली अधिकारीले आइतबार जानकारी दिए अनुसार कै्रकटो ज्वालामुखी को चाइल्ड भनिने अनक ज्वालामुखी विष्फोट हुदा सम्भवतः यो सुनामी आएको दावी गरेका छन् । जावाको दक्षिणी छोर र दक्षिणी सुमात्राको तटमा आएको सुनामीको लहरले दर्जनौ भवनहरु ध्वस्त भएको छ ।
नेशनल डिजास्टर एजेन्सिका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताए अनुसार सुनामी स्थानीय समय अनुसार शनिवार राती करीब ९ः३० बजे आएको थियो । अधिकारीहरुका अनुसार अनक फुट्दा समुन्द्र भित्र पहिरो गयो र लहरहरुमा असामान्य परिवर्तन आयो जसले सुनामीको रुप लियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्