काठमाडौँ, १२ असोज २०७६ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीको बिचारसंग असहमत हुन पाइन्छ तर उनलाई बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न नपाइने बताएका छन् ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागी हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कुटपिट गरेका थिए ।

ज्ञानेन्द्र शाहीलाई चितवनमा कुटपिट गरे पश्चात नेपाली कॉंग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफ्नो फेसबुकमा पोष्ट गर्दे भनेका छन् ।

“अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा ग़लत छ, चाहे जुन सुकै बाहानामा होस, कसैले कसैको पनि स्वतन्त्र रूपमा बिचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको बिचारसंग असहमत हुन पाइन्छ तर उनलाई बिचार राख्ने स्वतन्त्रताबाट बन्चित गर्न पाइदैन । कुटेर आवाज बन्द गर्न सकिदैन अंरिगालहरूलाई ख़्याल होस ।” उनले आफ्नो फेसबुकमा खबरदारी जनाएका हुन् ।