काठमाडौं, शुक्रबार, ९ साउन २०७७ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड उनीहरुलाई काठमाण्डौँको डल्लुबाट पक्राउ गरेको हो । रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ ।  युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए । आफू भने अलि परै बसेका थिए । एसिड प्रहार गरिसकेपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको प्रहरीको अनुसन्धानमा खुलको छ ।

बिहीबार बेलुका होटेल हायातको क्यासिनोमा काम गर्ने ओखलढुंगा घर भएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार थियो।

सीतापाइलास्थित सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पौने सात बजेतिर कोठानजिक उभिएको अपरिचित व्यक्तिले उनीमाथि एसिड प्रहार गरेका थिए। कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।

एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्