काठमाडौं, मंगलबार, ९ मङ्सिर २०७७ । काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने जनाएको छ ।

काठमाडौं उपत्याकामा आज दिउँसो सामान्य बादल लागे पनि मौसममा बदली भने नआउने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भेगमा आज मौसम बदलीसँगै हिमपातको सम्भावना रहेको छ ।

“तराईका जिल्लामा बिहान पातलो हुस्सु लागे पनि घाम लाग्दै जाँदा पातलो भइसकेको छ,” नगरकोटी भन्नुभयो, “तर, यो भिजिविलिटी हवाई तथा सडक यातायात सञ्चालनमा प्रभाव पार्ने तहको थिएन ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्