तुलसीपुर, २७ कार्तिक २०७६ । आगामी मङ्सिर १४ गते हुने उप निर्बाचनका लागि नेपाल तरुण दलले युबा परिचालन समिती गठन गरेको छ । पश्चिम् दाङको श्रीगाउमा पश्चिम् दाङका काङ्ग्रेसमा आबद्ध तरुण युबाहरुको भेलाले ५ सय ५५ सदस्यीय युबा परिचालन समिती गठन गरेको हो ।

तरुण दलका जिल्ला प्रतिनिधि तरुण दलका जिल्ला उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले साबिक क्षेत्र नम्बर ५ का तरुण दल अध्यक्ष ललित जङ्ग पान्डेलाई युबा परिचालन समितिको सम्योजकमा चयन गरेको हो । दाङ क्षेत्र नम्बर ३ (२) को उप निर्बाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार केशब आचार्यको पक्षमा माहौल बनाउने उदेश्यले गठन गरिएको समितिले मतदाताको संरक्षन देखि प्रचार प्रसार गर्नेछ ।

साथै भेलाले तुलसिपुर १० र ११ को प्रतिनिधिमा तरुण दलका क्षेत्रीय अध्यक्ष रमेश मल्ल र जिल्ला सदस्य प्रेम गिरि, तुलसीपुर १ र २ मा तरुण दल जिल्ला सचिब ध्रुव आचार्य र जिल्ला सदस्य वसन्त केसि, दङ्गिशरण गाउपालिकामा तरुण दल काेषाधयक्ष अभियान बस्नेत, जिल्ला सदस्यहरु नवीन बुढाथोकी र समिता चौधरी, शान्तिनगरमा जिल्ला सदस्यहरु नवीन योगि र प्रबल बिष्ट र बबइ गाउपालिकामा तरुण दलका उपाध्यक्ष मुक्ती प्रसाद न्यौपाने र जिल्ला सदस्य डिल्ली रेग्मीलाई प्रतिनिधि तोकेको छ । साथै भेलाले यहि ३० गते ३ वटा गाउपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामा तरुण भेला गर्ने निर्णय गरिएको भेला पछि तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तिले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार केशवराज आचार्यले अनुशासित र मर्यादित भएर नेपाली काङ्ग्रेसको पक्षमा प्रचार प्रसार गर्न आग्रह गर्नुभयो । साथै उहाले सरकारका गलत क्रियाकलापको खबरदारी गरि सच्याउनका लागि काङ्ग्रेस मात्र नभइ नेकपाका कार्यकर्ताले पनि यसपटक आफुलाइ मतदान गर्ने बिश्वास ब्यक्त गर्दै सबैमा नेपाली काङ्ग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न अपिल गर्नुभयो ।

त्यसैगरी,  तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती र पुर्ब केन्द्रीय सदस्य सुर्य प्रकाश राना लगायतले काङ्ग्रेसका मतदाताको संरक्षन गर्न र गाउमा गलत कृयाकलाप नियन्त्रण गर्न सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । भेलाको सहजीकरण तरुण दलका जिल्ला सचिब ध्रुब आचार्यले गर्नुभएको थियो ।