काठमाडौँ, ३ पौष २०७५ । नेपाली कांग्रेसको महा-समिति बैठक तीन दिन लम्बिने भएको छ । विधानमा सहमति जुट्न बाँकी रहेकोले महासमिति बैठक पर्सिसम्म जारी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले पत्रकारसँग भने, ‘आवश्यक पर्दा महासमिति बैठक तीनदिनसम्म लम्बिन सक्छ।’ शनिबारदेखि राजधानीमा बसेको बैठक बुधबारसम्म एगेम्बर पार्टी प्यालेसमै र पर्सि पार्टी केन्द्रीय कार्यालय सानेपा सार्ने तय भएको प्रवक्ता शर्माले बताउनु भयो ।

पूर्वनिर्धारित तालिका अनुसार कांग्रेस बैठक मंगलबार सकिनुपर्थ्यो। तर, नेताहरुबीच विवादका कारण बैठक लम्बिन पुगेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्