काठमाडौँ, २७ असोज २०७५ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आज निधन भएको छ । न्यूरो अस्पतालले नेता बाँस्तोलालाई ‘क्लिनिकल्ली डेथ’ भनेको छ तर खुमलटारस्थित बाँस्तोला निवासले भनेे उनको निधनबारे आधिकारिक जानकारी दिएको छैन ।

नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले भने,’ शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ । अस्पतालका डाक्टरले ब्रेन र हर्टले काम गर्न छाडेको,फोक्सोमा पानी जमेको भन्दै ‘नो मोर’ भनेर पठायो।’

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यस यता उनी अचेतको अचेत ढलिरहेका थिए । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो ।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्