काठमाडौं, असोज २८ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको निधन भएको हो ।

बांस्तोलाका दुई छोरी आज काठमाडौ आइपुगे पस्चात् पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो । उनलाई भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ घरमै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखिएको थियो ।

बाँस्तोलाको स्वास्थ्यअवस्था शनिबार बिहानदेखि अत्यन्त गम्भीर भएको थियो । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका बाँस्तोला पूर्वमन्त्री तथा पूर्वराजदूत समेत भईसकेका छन् । बास्तोलाका श्रीमति र दुई छोरी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्