६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार  जिल्ला सभापतिहरुको भेलाको मिति आज तय गर्ने भनिएको छ । जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भइसकेको छैन। केन्द्रीय समितिले जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो।

शुक्रबार पदाधिकारीको बैठक बसे पनि मिति तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान आजै तय हुनेछ।

केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो। पहिलाेपोष्टबाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्