काठमाडौँ, बुधबार, १४ असोज २०७७ । नेपाली कांग्रेसले सरकारविरूद्ध सामाजिक दुरी कायम गरेर देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले देशभर कोरोनाको प्रकोपले जनतामा पारेको असर, सरकारले गरेको अनियमितता र भ्रष्टाचारको विरुद्धमा सामाजिक दुरी कायम गरी देशव्यापी सडक संघर्ष कार्यक्रम गर्ने निष्कर्ष निकालेको हो ।

आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने र केन्द्रीय समितिको बैठकले नै आन्दोलनका बारेमा निर्णय लिने कांग्रेस निकट स्रोतले बताएको छ ।

यस्तै, संसदको विशेष अधिबेशन माग गर्नका लागि संसदीय दलको बैठक चाँडै बसाल्ने बारेमा केन्द्रिय समितिमा प्रस्ताव लैजाने विषयमा पनि छलफल भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्