काठमाडौँ, २०७५ साल भाद्र ७ गते बिहिबार । नेपाली कांग्रेसले नेविसंघका सक्रिय सदस्य सन्तोष कार्कीको हत्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ ५ गते आफ्नै घरमा बसिरहेका बेला सुनियोजित तवरमा आएको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरीे कार्कीको बीभत्स र निर्मम तवरले हत्या गरेको थियो ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले आज एक विज्ञप्ति प्रकाशित गर्दै सो घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी छिटोभन्दा छिटो हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा नं. ३, हर्कपुरस्थित आफ्नै निवासमा बसिरहेका नेपाल विद्यार्थी संघका सक्रिय सदस्य सन्तोष कार्कीलाई भदौ ५ गते दिउँसो सुनियोजित तवरमा आएको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरीे बीभत्स र निर्मम तवरले हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी छिटोभन्दा छिटो हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गर्दछ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्