काठमाडौं, ८ पौष २०७५ । काँग्रेस महासमिति सदस्य तरुण दलका केन्द्रीय सदस्य सुवोध प्रधान पक्राउ परेका छन् ।

उनलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो । प्रधान चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बासिन्दा प्रधानले प्रचण्डले बोलेको समाचारमा कमेन्ट गरेको आरोपमा पक्राउ गरेको काँग्रेस नेता गगन थापाले जानकारी दिएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा काँग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका थिए । बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट काँग्रेस पछि हटेको हो भने काँग्रेस नै समाप्त हुने चेतावनी दिएका थिए ।

सोही समाचारमा प्रधानले कमेन्ट गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको काँग्रेस नेता थापाको भनाई छ । यद्यपी यसबारे चितवन प्रहरीले केही खुलाएको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्