काठमाडौँ, आइतबार, १४ मङ्सिर २०७७ । काँ’ग्रेसको सुदृढीकरणका लागि महा’धिवेशन आवश्यक रहेको नेपाली काँ’ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने र कोरो’ना भाइ’रस स’ङ्क्रमण कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

काँग्रेसको सुनसरी-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो देखिएको भन्दै जिल्लामा क्रियाशील सदस्यताको विषयमा चनाखो भएर लाग्न कार्यकर्तालाई निर्देशन दिर्नुभयो । नेता कोइरालाले काँ’ग्रेसमा अधिवेशनका बेला मात्र चलायमान हुने परम्परालाई हटाउँदै वर्षभरी नै चलायमान हुँदा मात्र पार्टी बलियो हुने बताउनुभयो ।

डा कोइरालाले काँग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै काँ’ग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्पर्क समितिका सभापति बाबुराम आचार्यले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व सर्वसम्मतिमा चयन गर्नसके पार्टीका गुटउपगुट अन्त्य हुने विचार व्यक्त गर्दै त्यसका लागि पहल गर्न डा कोइरालालाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा १३३ जनाले रक्तदान गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्