काठमाडौं,५ पौष २०७५ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा सिंहदरवारभित्रै प्रदर्शन गरेका निजामति कर्मचारीहरुले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् ।

संघर्षका कार्यक्रम घोषणा गर्न बिहीबार दिउँसो कर्मचारी संघठनको बैठक बस्न लागेको नेपाल निजामति कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले बताए ।अध्यादेशकको विरोधमा उनीहरुले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका थिए ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश विभेदकारी भएको उनीहरुको भनाई छ ।समायोजन अध्यादेशले बरिष्ठ कर्मचारी संघमै बस्ने कनिष्ठहरू स्थानीय तह वा प्रदेशमा खटिने व्यवस्था गरेकाले खटिएर जाने कर्मचारीलाई फेरि संघमा फर्कने बाटो बन्द गरिएकले संघर्ष गर्नुपरेको महासचिव गौतमको भनाई छ ।

कर्मचारी समायोजन स्वेच्छिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । ‘हिजो संकेतस्वरुप सिंहदरवारमा प्रदर्शन गरिएको हो । थप कार्यक्रम घोषणा गर्न आज २ बजे सिंहदरवारमा बैठक बस्दैछ । त्यसपछि कस्ता कार्यक्रम घोषणा गर्ने भन्ने तय गरिन्छ’ महासचिव गौतमले रातोपाटीलाई बताए ।

गत मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

यो अध्यादेशले सहसचिव भन्दा तलका कर्मचारीलाई सरुवा बढुवा लगायतमा असर पर्ने कर्मचारीहरुको दावी छ । लामो समयदेखि कर्मचारीहरु सरकारले खटाएको स्थानमा जान नमान्दा प्रदेश तथा स्थानीय तहको काम कारवाही प्रभावित बन्दै आएको सरकारले बताउँदै आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्