काठमाडौँ, १३ असोज २०७५ । जापानको सुजुका सहरमा आइतबार हुने चौथो सुजुका खुला सिन क्युकोसिन कराँते प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली जापान प्रस्थान गरेको छ ।

एक दिने प्रतियोगितामा नेपालका तर्फबाट ५५ देखि ६५ केजी तौल समूहमा अशोक लामा रुम्बा र कृष्णचन्द्र बानिया ६५ देखि ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न शनिबार थाई एयरको विमानबाट जापान प्रस्थान गरेका हुन् ।

प्रशिक्षकसहितको अफिसियलको रुपमा रहेका सूर्य बुढाथोकीसमेत टोलीमा छन् । खेलाडीहरुले पदक ल्याउने आशाका साथ आफूहरु जापान प्रथान गरेको बुढाथोकीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्