रुपन्देही । ३६ औं विपि स्मृति दिवसको अवसरमा आज रुपन्देहीमा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा गैडहवा गाउँपालिका वडा नं. ३ सगरहवा ताल वरपर बृक्षारोपण गरिएको हो ।

नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा बोल्ने नेताहरुले विपिले देखाएको बाटोमा नेपाली कांग्रेस सधैं हिड्नु पर्ने बताएका छन् । विश्वबाट हराउँदै गएको कम्युनिष्टले नेपालमा नारा बेचेर नेपाली जनतालाई झुक्याएको महतले आरोप लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सपनाका झँुटा पोका बाडेर नेपालमा कम्युनिष्ट मौलाएको दाबी समेत गरे । विचार असफल भएका कम्युनिष्टले कहिले एमाले , कहिले माओवादीको नाममा नेपाली जनतालाई झुटा सपना बाडेर मौंलाउँदै गएको डाक्टर महतले आरोप लगाए ।

कम्युनिष्ट सरकारले एकाधिकारबाद, सर्वसत्ताबाद कायम गरेकाले लोकतन्त्र खतरामा पुगेको वताउदै डाक्टर महतले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको समयमा बृद्धभत्ता ५ हजार बनाईदिने सपना बाडेर जनतालाई झुकाएको दाबी गरे । निर्वाचन नमान्ने कम्युनिष्टहरुलाई नेपाली कांग्रेसले जर्वजस्ती निर्वाचनमा लगेको महतले बताउँदै कम्युनिष्टहरुको मनोरञ्जनको पछाडी जनताले भोट दिएको दाबी गरे । उखान टुक्काले देश समृद्धि तर्फ नजाने भन्दै अहिलेको सरकार जनतालाई सुबिधा दिन भन्दा पनि मनोरञ्जन दिन तर्फ लागेको सहमहामन्त्री महतले दाबी गरे ।

पाटी नै सरकार र सरकार नै पाटी हो भन्ने सोचले गर्दा ओलीनेतृत्व सरकार निरंकुश तर्फ उन्मुख भएको उनको तर्क छ । नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ओशुन्धिन खान केन्द्रीय सदस्य देवेन्द्र राज कडेल, प्रदेश सभा सदस्य पुष्पा थरुनी लगायतले बोलेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्