कनेक्टिकट,अमेरिका, के पी भट्ट, मंगलबार, २७ असोज २०७७ । कनेक्टिकट नेपाली समाज (नेकोन, USA) को वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” को सातौँ संस्करणको विमोचन कार्यक्रम समापन गरिएको छ । सामाजिक दुरी कायम राख्दै वेस्ट हार्टफोर्ड को वालकट पार्कमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कवि तथा गीतकार धन लामा प्रमुख सम्पादक रहनुभएको उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तिहरुको माझ वेस्ट हार्टफोर्ड टाउनकी मेएर सेरी केन्टर ले विमोचन गर्नुभएको थियो ।

डेमोक्राटिक पार्टीको तर्फबाट राज्य प्रतिनिधिकी उम्मेदवार केट फर्रर एवं नेपालीहरुका लागी अँग्रेजी भाषामा विशेष योगदान पुर्याउदै आउनु भएकी र नेपाल र नेपाली लाई धेरै माया गर्ने शिक्षा स्वयं सेविका डा. मेरी मेक्कीना पाहुनाको रुपमा उपस्थित भई आफ्ना अनुभवहरु बाँड्नुभएको भएको थियो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) तथा अन्य कारणले उपस्थिति अपेक्षकृत नभएता पनि उल्लेखनीय भने अवश्य थियो ।

यस पटक पहिलो चोटी संस्थाको मुखपत्र अनलाईनमा http://connecticutchautari.com र डिजिटल फ्लिपबुक संस्कारणमा पनि छापिएको कुरा मुखपत्रको प्रधान सम्पादक धन लामाले जानकारी गराउनु भयो ।

नयाँ आजिवन सदस्यहरूलाई प्रमुख सल्लाहकार अशोक श्रीवास्तवले आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नुको साथै सम्पादन समितिका सल्लाहकारहरू, प्रधान सम्पादक र सदस्यहरूलाई प्रशंसा पत्र वेस्ट हार्टफोड टाउनकी मेयर सेरी केन्टरको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्व, सचिव भद्र राईको उद्घोषण, उपाध्यक्ष जय राईको स्वागत मन्तव्य र प्रधान सम्पादक धन लामाले मुखपत्र प्रकाशनको सिलसिलामा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्