कतार, २ फागुन २०७६ । कतारमा “ग्याल्पो लोसार” विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

शेर्पा किदुग दोहा कतारको आयोजनामा बिगतका बर्षहरु झै यसपाली पनि आगमी मार्च ६ तारिक शुक्रबारका दिन “च्याक-फो चिवा” लो २१४७ औ “ग्याल्पो ल्होसार” को अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।

“भाषा, धर्म, कला सांस्कृतिक हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन् २०१७ सालमा कतारमा स्थापना गरिएको यस सस्थाले चौथो पटक ग्याल्पो ल्होसार चाड मनाउन लागिएको सस्थाका महासचिव आङ मिङमार शेर्पाले जानकारी दिनुभयो ।

बिगतका बर्षहरुमा नेपालबाट कलाकार आमन्त्रण गरी कार्यक्रम गर्ने गरेता पनि यसपाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथै विभिन्न शेर्पाका मौलिक झाकी प्रदशन लगायतका अन्य बिबिध कार्यक्रम गर्दै चाड मनाउन लागिएको  शेर्पाले बताउनु भयो ।

दोहा स्थित गल्फ होराईजन होटेलको सभाहलमा हुने बृहत कार्यक्रमको लागि शेर्पा किदुग दोहा कतारले यहाँ स्थित सम्पुर्ण नेपाली समुदायमा गरिमामय उपस्थितिको पनि हार्दिक अनुरोध गर्नु भएको छ ।