लम्जुङ्गको राजा यशोब्रम्ह शाहको कान्छा छोरा द्रव्य शाहले विशेष जुक्ति पुर्‍याई वि.सं. १६१६ को विजया दशमीको दिन लम्जुङ्गबाट गएर लिगलिग कोटमा हमला गरी त्यहांको राजा भए । त्यस बखत गोरखाको उपल्लो कोट क्षेत्रमा खड्का र तल्लोकोट क्षेत्रमा घले गुरुङ्गहरुले शासन गर्थे भने ति दुवै भन्दा सानो लिगलिग कोट क्षेत्रमा पनि घले गुरुङ्ग नै शासक थिए । यसरी ३ थरी शाषक रहेको यस क्षेत्रमा द्रव्य शाह राजा भएपछि मात्र गोरखाको नामाकरण गरियो । गोर्खा राज्यको स्थापना हुनु, गोर्खा नामाकरण हुनु र आधुनिक नेपालको निर्माण हुनुमा लिगलिग कोटको युद्धले ठुलो भुमिका खेलेको छ । राजा द्रव्य शाह गोर्खा राज्यको संस्थापक थिए ।

करिब १२००० घरधुरी भएको गोर्खा राज्यको पूर्वी सिमाना त्रिशुली नदी-कान्तिपुर राज्य, पश्चिमी सिमाना चेपे मर्स्यांङ्गदी नदी, उत्तरी सीमाना कुकुरघाट-भोट र दक्षिणी सिमाना तनहुं राज्य थियो । वि.सं. १६१६ मा राजा द्रव्य शाहले स्थापना गरेको यस राज्यमा वि.सं. १८०१ सम्म यस बंशले १८५ बर्षराज्य गरेपछि बडामहाराज पृथ्वीनारायण शाहले कान्तिपुर राज्यको नुवाकोट माथी विजय गरेपछि आधुनिक नेपालको एकिकरणको श्री गणेश भयो । बाईसी र चौविसी राज्यहरु समेत गरी ५२ वटा राज्यहरुमा विभक्त नेपालको एकिकरणको सुरुवात सबैभन्दा कान्छो राज्य गोरखाबाटै भएको थियो । बर्तमान नेपाल र पहिलाको बृहत नेपालको निर्माण गर्ने कार्यप्रति सम्पूर्ण नेपालीहरु गोरखा राज्य प्रति अनुगृहित रहेका छन ।

नेपालका अन्य जिल्लाहरु जस्तै गोरखामा पनि धेरै ऐतिहासिक धरोहरहरु छन् । लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण रहेको छ । समुद्रीसतहदेखि ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित यो क्षेत्र आँपपिपलको खोल्लीमा पर्दछ । २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट क्षेत्र पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल पनि हो ।

लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात रहेको छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स.१६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको हो । पर्यटकीय गन्तव्यका लागि स्थानीयले बर्षेनी दशैंको अवसर पारी लिगलिगे दौड आयोजना गरिरहेका हुन्छन् । लिगलिग कोट विकास समितिद्धारा हरेक बर्ष दौडको आयोजन गर्दै आइरहेको छ । लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा विजयी हासिल गर्नेलाई श्रीपेच लगाइदिने यहाँको पुरानो चलन अहिलेसम्म पनि चलिआएको छ ।

लिगलिग मगर भाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने भनाई छ । मगर भाषामा लिङलिङको अर्थ सफा, सुन्दर, कञ्चन प्राकृतिक सौन्दर्य देखिनु भन्ने बुझिन्छ । पर्यटकिय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकिय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदिको मनोरम दृश्यले सबैको मन खिचिरहेको हुन्छ । लिगलिगकोटको टुप्पोबाट देखिने बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखलाहरुले पर्यटकको मन तान्न सक्छ ।

गोरखाको लिगलिगकोट क्षेत्र निकै संभावना बोकेको स्थल हो । यहाँसम्म आइपुग्ने जो कसैले पनि यसको संरक्षणमा जुट्न आवश्यक रहेको बताउँछन् ।

लिगलिगकोटबारे अनेक ऐतिहासिक कथनहरू छन् । यहाँ दौडेर प्रथम हुने व्यक्तिलाई राजा छान्ने परम्परा वि.सं १६०४ को विजयादशमीको दिनदेखि सुरु भएको इतिहासमा रहेको छ | राजा छान्ने प्रथालाई लिगलिगे दौडको रुपमा लिइयो । राजा छान्न पहिलोपटक भएको लिगलिगे दौडमा २० नकाटेका ठिटा दलसुर घलेमगर पहिला भई लिगलिगकोटको पहिलो राजा बनेको र उनले वि.सं १६०४ देखि १६१५ सम्म त्यहाँको राज्य गरेको स्थानिय वेद बहादुर राना बताउँछन् ।

“धेरै ब्यक्तिको एउटै मात्रै प्रश्न यो छ की गोरखामा हरेक बर्ष दौडेर राजा छान्ने परम्परा भएपनि दलसुर घलेमगर मात्रै कसरी प्रथम भएर ११ वर्षसम्म राज्य गरे ?” स्थानिय वेद रानाले भने, “लिगलिगे दौड प्रतियोगिता हुने स्थानबारे पनि फरक भनाईहरु छन् ।”

वि.सं १६१६ मा दौडबाट घलेहरुलाई हराएर लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह लगलिगकोटको राजा भएको इतिहासमा उल्लेख छ । लिगलिगकोट क्षेत्र शाहकालिन समयको सुरुवाती भएपनि शाह बंशहरुले यस क्षेत्रलाई सधैं उपक्षेमा राखी नै रहे । यहाँ श्री कालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, बुझ्न नसकिने केही शिलालेखहरू र बस्ने एउटा पाटी रहेको छ , तर यी लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेका छन् । शाह बंशहरुले नेपालमा यति लामो समयसम्म एक क्षत्र रुपले शासन ग¥यो तर शाह बंशीय राजाहरुको उद्गमस्थल लिगलिगकोट क्षेत्रले कहिल्यै परिवर्तन भने पाउन सकेन् । राजा द्रश्य शाहदेखि ज्ञानेन्द्रसम्मका राजाहरुले लिगलिगकोटलाई वास्ता नगरेको स्थानियहरुको आक्रोश छ ।

हरेक बर्ष बजेट भाषण हुन्छ, जिल्लामा पर्यटन रोयल्टी आउँछ, तर लिगलिगकोटसम्म आइपुग्नै गाह्रो छ । “हामीलाई लाग्छ, ऐतिहासिक धरोहर लिगलिगकोटलाई बचाईराख्नु हाम्रो दायित्व हो ।” लिगलिगकोट पर्यटन विकास समितिका संस्थापक अध्यक्ष राना भन्छन्, “दायित्वमात्रै भनेर के गर्नु हामीसँग बजेट छैन् । यो मन रोएको छ । घरमाथि प्रकृतिको धनी अनि इतिहास बोकेको लिगलिगकोट छ । विकास गर्न हतारमा छु तर कतैबाट बजेट आउँदैन् ।”

कुनै निकायले पनि संरक्षणमा चासो नदिदाँ लिगलिगकोट क्षेत्रभित्र रहेका श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, शिलालेखहरू र बस्ने पाटी भताभुङग अनि लथालिङ्ग अवस्थामा छन् । यतिबेला लिगलिगकोटको स्थिती निकै दर्दानक छ । यहाँ राज्यको नजर पुग्न सकेको छैन् । जसले गर्दा दिनानुदिन यो क्षेत्र लोप हुने हो की भन्ने चिन्तामा स्थानियबासीहरु छन् । उनीहरुले केही बर्षअघि संरक्षणको नाममा आएको केही रकमले लिगलिगकोटको प्रवेशद्धारको निर्माण गरेका छन् भने एउटा सानो पाटीको निर्माण गर्न भ्याएका छन् ।

लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । पाल्पाका राजा मुकुन्दसेनको मृत्यु पश्चात उनका छोराले राज्य चलाउन नसकेपछि लिगलिगकोटका स्थानियहरुले चेपेबाट दौडेर लिगलिगकोट पुग्ने र जित्ने ब्यक्तिलाई राजा बनाउने सहमति भएको इतिहासमा छ । सोही अनुरुप दशैंको अवसर पारी वि.सं १६०४ मा दलसुर घलेमगरले लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी राई गाउँ, बिजुले डाँडाहुँदै लिगलिगकोट दरबारसम्म दौडेर विजयी प्राप्त गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्