काठमाडौँ, मङ्सिर १५ गते । युनिभर्सल पिस फेडरेसनको आयोजनामा राजधानीमा एसिया प्रसान्त सम्मेलन २०१८ शनिबारबाट सुरू हुँदैछ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा एसिया प्रसान्त क्षेत्रमा उच्चस्तरीय राजनेता तथा प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनको मुख्य विषय विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ रहेको छ ।

सम्मेलनमा विभिन्न सत्रहरूमा गरिबी, आतङ्कवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक सङ्गठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिकाविश्वव्यापी शान्ति प्रक्रिया र शान्ति परियोजनालगायतका विषयमा छलफल हुनेछ ।

विश्व समुदायले सामना गर्नु परिरहेको छ। विश्वका जल्दाबल्दा मुद्दाहरूलाई समाधान गर्न नविन सोच, सिर्जनशील, दूरदृष्टि राख्ने र साहसी नेतृत्वको आवश्यकता जस्ता विषयमा पनि बहस हुने आयोजनक संस्था युनिभर्सल फिस फेडरेसनले जनाएको छ ।

युनिभर्सल पिस फेडरेसनले सरकार, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा विश्व स्तरमाअन्तर्राष्ट्रिय शिखर सम्मेलनका शृङ्खलाहरू नै आयोजना गर्दै आएको छ । यसले विश्वमा विद्यमान गम्भीर चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने विश्वास लिएको सो संस्थाले जनाएको छ ।

सम्मेलनमा भागलिन एसिया प्रसान्त क्षेत्र तथा विश्वका अन्य मुलुकबाट छानिएका उच्चस्तरीय व्यक्तित्वसहितको प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुख, सभामुख, सांसद्, राजनीतिक नेता, विभिन्न धर्मका धार्मिक अगुवा, महिला नेत्रीहरू, सञ्चारकर्मीहरू, प्राज्ञिक व्यक्तित्वहरू, व्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवा काठमाडौँ आइपुग्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्