गोरखा, १४ माघ २०७६ । राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकी सहयोग एमसीसी नेपालका लागि अति आवस्यक र बिकासमा फाइदा पुग्ने योजना भएको बताउनु भएको छ । ‘एमसीसीको अनावस्यक बिरोध गर्ने नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुले नेपाललाई कुनै देश र संस्थाको अनुदान, ऋण चाँहिदैन भनेर घोषणा गर्न सक्नुपर्छ’ उहाले भन्नुभयो । प्रेस युनियन गोरखाले सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले ‘अन्यथा एमसीसीको बिरोध गर्नुको अर्थ छैन।’ भन्नु भएको हो ।

अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारवादको नारामा राजनीति गरेका दलका केही नेतालाई अहिले पनि ती विषयको ह्याङओभर रहेकाले अनावस्यक टिप्पणी गर्दै हिँडेको आरोप उनले लगाउनु भयो । एमसीसीले दिने अनुदान लिने सन्दर्भमा नेपालमा अहिले भइरहेको अनावस्यक ‘प्रपोगाण्डा’ ले कुनै पनि बिकसित देशले अनुदान र ऋण दिनु अघि सोच्ने अवस्था सिर्जना हुन सक्ने र त्यसको असर नेपालको बिकास निर्माणमा पर्ने नेता पाण्डेले बताउनु भयो ।

वि सं २०६६ साल यताका सबै सरकार प्रमुखले एमसीसी नेपालमा भित्र्याउन कुनै न कुनै ढंगले सहयोग गरिरहेको थियो । ‘एमसीसी लिइएन भने नेपालप्रति अन्तराष्ट्रिय समुदायका सहयोग र अनुदान २० वर्ष पर धकेलिन्छ’, ‘अध्ययन बिना एमसीसीको नाकारात्म टिप्पणी भएको छ, कुनैपनि बुँदाले नेपालको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्दैन।’  उहाले भन्नुभयो ।

प्रतिनिधि सभामा उपसभामुखका लागि नेपाली कांग्रेसले नेकपासँग भिख नमाग्ने बताउँदै उनले प्रमुख प्रतिपक्ष दललाई दिँदा संसदको गरिमा उच्च रहने बताउनु भयो ।

महाधिवेशनको संघारमा रहेका कारण पार्टी भित्र विवाद देखिएको बताउँदै ‘अहिले हामी आफु आफु बिच प्रतिप्रर्धा गर्दैछौँ, महाधिवेशनपछि बिवाद सबै हल हुन्छ ’ भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्