टोकियो अषाढ ८-एन आर एन ए ,जापान द्वारा नेपाली बिध्यार्थीलाई लक्षित् गर्दे सेमिनारको आयोजना गर्ने लागेको हो ।विशेषगरि सेन्मनगाको ,तथा जापानमा पढ़ाई पुरा गरेर साथै आगामी बर्ष पढ़ाई पुरा हुने हरुको  लागी कम्पनीभिजामा चेन्ज  ( स्युस्योकु)गर्ने तरखरमा रहनु भएका बिध्यार्थीहरुको अतिउपयोगीहुने देखिन्छ ।पछिल्लो समय जापानमा नेपाली विध्यार्थी को चापबढेको र जापान पढ़ाई पुरागरेसंगै सबै कुराको जानाकारीको अभावमा नेपाली बिध्यार्थीहरु समस्यामा पर्ने गरेका छन् त्यसको न्युनिकरणको लागी सेमिनारले महत्वपूर्ण भूमिका खेल्नेछ ,जापानमा आफ्नो पढाई पुरागरेपछि भिजापरिवर्तन गरि कसरी गर्ने कम्पनि कसरि खोज्ने रिरेकिस्यो कसरी भर्ने र कुन बिषयमा अध्यानगरेका बिध्यार्थीले कस्तो कम्पनिमा रोजगारीको अवसरहुन्छ भन्ने जानकारी गराईने छ ।यही जुलाई ३ तारीक को दिन सेमिनारको आयोजना हुदैछ ।                                               कार्यक्रमबारे जानकारी दिदै NRNA जापानमा उपाध्यक्ष सरोज कुमार खत्रीले जापानमा रहि रोजगारीको खोजिमा रहनु भएका सम्पूर्ण बिध्यार्थीलाई आफ्नो रिरेकिस्यो सहित उपस्थित भई जानकारी लिनको लागी अनुरोध गर्नु भएको छ । यस्ता सेमिनारको आयोजनाले पक्कैपनि जापान बासी नेपाली बिध्यार्थीहरुकोलाई  फलदाहिनै हुनेछ । 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्