जापान,२२ असोज २०७६ । एन आर एन ए जापानमा केन्द्रिय प्रतिनिधीको नामको बिषयलाई लिएर बिबाद निम्तिएको छ ।

एनआरएनए जापानबाट आईसीसी बिधान अन्तर्गत १३८ जना प्रतिनिधी छनौट हुन पाउछन । यस अगाडी कार्यसमितीको सर्बसहमत निर्णयले १०० जनाको नाम पारीत गरी ३८ जनाको नाम प्राप्त शुल्क जसको पहिला आएको छ उसको नाम राख्ने गरी निर्णय भएको थियो ।

तर त्यो नाम पनि कसको पहिला रकम आएको थाहा छैन भनेर बैङ्कले नाम दिन समय लाग्ने भनेर प्राबिधीक कारण ढिला हुन गयो भनेर आम जापानबासी र कार्यसमितीलाई समेत झुक्काईएको थियो, तर ७ तारीक मध्यरातमा एकाएक एनआरएनए जापानको आधिकारीक पेजबाट कार्यसमितीमा छलफल नै नगरी १६६ जनाको नाम सार्वजनिक गरेपछी सबै अचम्ममा परेका थिए ।

एनआरएनए जापानको आधिकारीक पेज कार्यसमिती अध्यक्ष,देबीलाल भन्डारी, उपाध्यक्ष नारायण खड्का र महासचिब जनक बिक्रम शाही ३ जनाले मात्र चलाउने गरेको र त्यो १६६ जनाको नाम पनि तिनै तिन जनाले सार्वजनिक गरेको कार्यसमितीमा कसैलाई थाहा नभएको सार्वजनिक गरिएका नामावलीमा अधिकांश आईसीसी बिधानको कुनै अंशले नछोएको,पुर्व कार्यसमिती,निबर्तमान कार्यसमिती,क्षेत्रिय समिती लगायत एनआरएनए जापानभित्र बिभीन्न समितीमा काम गरेकाहरुको नाम काटेर तानाशाही शैलीमा ३ जना अगाडी बढेको भन्दै बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ को अध्यक्षतामा ८ तारीक बसेको बैठकले उक्त ३ जनाले निकालेको १६६ जनाको नामावली खारेज गर्दै ,आईसीसीमा निबेदन दिएको छ ।

आईसीसी अध्यक्ष भवन भट्ट र महासचिब बद्री केसीको नाममा लेखिएको पत्र यस्तो छ:

एनआरएनए जापानमा १ कार्यसमिती निर्वाचित भएको एक महिनामै ठुलो बिबाद देखिएपछी अब एनआरएनए जापान कसरी अगाडी बढ्छ हेर्न बाकी नै छ ।