कनेक्टिकट अमेरिका, के पी भट्ट, बुधबार, १४ असोज २०७७ । एनआरएनए कनेक्टिकट च्यापटरले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय कनेक्टिकटको रेडक्रससंगको समन्वयमा १९ र २६ सेप्टेम्बर २०२० शनिबारका दिन कार्यक्रम सम्पन्न भएको च्यापटरका अध्यक्ष हरि प्रसाद जोशीले जानकारी दिनुभयो ।

यस च्यापटरकी सदस्य स्व.लक्ष्मी भट्टराई ओझाको स्वर्गारोहण भएको छ मिहनाको पूण्यतिथिमा उहाँको वैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धान्जलीका साथ उपस्थित व्यक्तिहरूले रक्तदान गर्नु भएको थियो ।

च्यापटरका संस्थापक अध्यक्ष राम ओझा, च्याप्टरका सचिव केपी भट्ट र सदस्य सुनिता पाण्डेको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा पहिलो चरण र दोस्रो चरण गरि १८ जनाले रक्तदान गर्नु भएको थियो ।

कोरोना भाइरस कोभिड-१९ को कारणले भिडभाड हुन सक्ने कुरालाई मध्यनजर गर्दै स्थानीय रेडक्रसको अनुरोधमा कार्यक्रमलाई दुईचरणमा गरिएको च्यापटर अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्