के पी भट्ट कनेक्टिकट अमेरिका August 13-‘एनआरएनए’ को विश्व निर्वाचन जति, जति नजिकीदैंछ चुनावी सरगर्मी तातेको छ ।

नेपालको बिकासको लागि सदा चिन्तित रहिरहने र आफ्नो तर्फबाट सहयोग जुटाउन हरसम्भव प्रयासरत डा. केशब पौडेलले महासचिब पदको लागि उमेदवारी दिएका छन ।

डा. पौडेल निर्वाचित भएपछि अन्तर्राष्टिय स्तरमा नेपाल र नेपालीकोे हितको पक्षमा आवाज बुलन्द गर्न काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा महासचिब पदका लागि चुनाबी मैदानमा उत्रिएका हुन ।

तनहुँ, सतिस्वारा गाबिस ९ का स्थानीय डा. पौडेलको परिवार हाल पनि व्यास नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका छन ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सकृय उनी त्रिविवी चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी युनियनको सभापती, फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, लगायत बिभिन्न संघमा नेतृत्वपंतीमा रहेर कार्यसम्पादन गरिसकेका डा. पौडेल लामो समय देखी अमेरिकाको न्यु मेक्सिको राज्यमा बसोबास गर्दै आएका छन ।

एनारएनए अमेरिकाको ४ बर्षे कार्यकाल सम्हालेका पौडेल पेसाले चिकित्सक हुन । डा. पौडेलले एनआरएनए मेम्बरसिप कार्डको ब्यवस्था, अमेरिका मेन स्ट्रिममा नेपालीहरुको प्रतिनिधित्व लगाएतका महत्वपूर्ण कामहरु ग्रिसकेका छन् भने यो चुनावमा निर्वाचित भएर आगामि दिनमा गैर आवासिय नेपालीहरुको हितको पक्षमा कृयाशिल रहिरहने बताएका छन् ।