टोकियो बैसाख २७ ,जापानमा फेरी एक नेपालीको निधन भएको छ 

 बागलुङ गल्कोट घर भएकी सोनी श्रेष्ठको टोकियो स्थित अस्पातलमा उपचारको क्रममा निधन भएको हो ।

डिपेन्डेन भिषामा बस्दै आएकी २२ बर्षिय श्रेष्ठ एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेर फर्कदा अस्पातलको गेटमा वेहोस् भई भर्ना गरी एक हप्ता उपचारपछि अस्पातलले मृत घोषणा गरेको हो ।

श्रेष्ठको अन्त्यष्ठी सनिवार साँढे दुई बजे सिनागावा सी निसी गोतान्दामा गरिने भएको छ ।

यसै साता कास्कीका २८ वर्षीय राजु केसीको पनि निधन भएको थियो उनि  वेलुका सकुशल सुतेको मान्छे बिहान  सुतेको सुतै भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्