गोरखा, बिहिबार, १५ असोज २०७७। गोरखा नगरपालिका वडा नम्बर ११ मा स्थित बाह्रकिलो प्रहरी चौकी सिल गरिएको छ । चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई आइसोलेसन पठाएका छौँ, अन्य १२ जनालाई चौकी हाताभित्रै क्वारेन्टाइनमा राखि प्रहरी चौकी सिल गर्‍यौँ ’उहाँले भन्नुभयो ।

संक्रमण थप फैलन नदिन चौकी सिल गरिएको हो । सिल गरिएको क्षेत्रमा थप प्रहरी परिचालन गरिएको प्रहरीले स्रोतले जनाएको छ । प्रहरी कर्मचारी र सिरानचोक गाउँपालिकाका कर्मचारीसहित बुधबार गोरखामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्