काठमाडौँ, आइतबार, २ कात्तिक २०७७ । नेपाली शर्ट फिल्म ”एक किलो चामल” सार्वजनिक भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइ’रस (कोभिड-१९) लाई मध्ये नजर गर्दै दर्शकहरुलाई सम्बाद प्रस्तुति, मर्मस्पर्सी सन्देश, चेतनाभाव र मनोरञ्जन प्रदान गर्नको उदेश्यका विजय तिखातरीको कथा निर्देशन तयार गरिएको छ । ”एक किलो चामल” रन्जुला फिल्म्सको प्रस्तुतिमा रहेको नेपाली शर्ट फिल्मको कार्तिक १ गते घटस्थापनाको दिन रन्जुला फिल्म्स युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

यो शर्ट फिल्ममा समाजसेवी गरीव दु:खि, असाहाय जस्ताहरुलाई सहयोग गर्नु पर्छ भन्ने एउटा सत्य तथ्य मर्मस्पर्सी, चेतना भएको समसामयिक विषयबस्तुलाई समेटेर बनाइएको छ । उक्त शर्ट फिल्ममा हास्य र व्यंग्य मनोरन्जनसमेत लिन सकिन्छ ।

जसमा कलाकारहरुमा विद्या कार्की, शान्ति सापकोटा, खड्गा बहादुर पुन मगर (खबापु), सुरेश एस टी, दीपेन्द्र जैशी, नरेन्द्र पुन, केशव आर्यल, इसानी राइ लगायत अन्य कलाकारहरु रहेका छन् ।

सोहि चलचित्रको छायांकन रोशन तामाङ्गले गरेका हुन् भने विजय तिखतारीको सम्पादन रहेको छ ।

उक्त चलचित्रमा खड्गा बहादुर पुन मगर (खबापु) र विजय तिखतारीको कडा मेहेनत र लगावको साथ कलाकारहरुले आ-आफनो दमदार प्रस्तुती दिएका छन् । सम्पुर्ण स्रोता तथा दर्शकहरुले हेरेर प्रतिक्रिया दिनुहुनेछ उक्त कथा/निर्देशक विजय तिखातरीको अपेक्षा रहेको छ ।

उक्त नेपाली शर्ट चलचित्रको भिडिओ पनि हेर्न सक्नु हुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्