काठमाडौँ, २ माघ २०७६ । नेपाली सेनाको आयोजनामा, प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आथित्यतामा “एकीकरण मार्ग अभियान बृहत सेमिनार र प्रदर्शनी २०७६” काठमाडौँमा सुरु भएको छ ।

आर्मी अफिसर क्लब, सभा मण्डपमा प्रमुख अथिति प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक समारोहका बिचमा उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

एकीकरण मार्ग कार्यक्रम अन्तर्गत “एकीकरण मार्गको चाहना : रास्ट्रिय एकताको भावना” भन्नु मूल नाराका साथमा आर्मी अफिसर क्लबमा सुरु भएको एकीकरण मार्ग सम्बन्धी बृहत सेमिनार तथा प्रदर्शनी माघ २, ३ र ५ गतेसम्म संचालन हुनेछ ।

उक्त कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमको अवधारणा, ऐतिहासिक बृत्तचित्र प्रदर्शन, बृहत सेमिनारको मोडालिटी सम्बन्धी जानकारी प्रस्तुतिकरण का साथै प्रमुख अथिति प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, सिरानचोक गाउपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउपालिकाका वडा न २ का वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, इतिहासकार, समाजसेबी, पत्रकार तथा आमन्त्रित महानुभाबहरुबाट प्रदर्शनी स्थलको अवलोकन गर्नु भएको थियो ।

पृथ्वीनारायण शाहले एकीकरणको समयमा युद्धमा प्रयोग गरेका सामग्रीहरु नेपाली सेनाले प्रदर्शनमा राखेको छ ।

युद्ध तथा सेनासँग जोडिएका विभिन्न सामाग्रीहरु उक्त प्रदर्शनीमा राखिएका को छ । पृथ्वीनारायण शाहले एकिकरणका बेला प्रयोग गरेका खाने कुरादेखि उहाले प्रयोग गर्नु भएका विभिन्न बस्तुहरु प्रदर्शनीको मुख्य आकर्षण रहेका छन् ।

गोरखा जिल्ला ऐतिहासिक जिल्ला हो, गोरखाको गोरखा दरबार, राम शाह चौतारा, गोरखा संग्रालय, भीमसेन थापा पार्क, लिगलिग कोट, सिरानचोकको ऐतिहासिक कोट लगायत अन्य बिभिन्न जिल्लाका महत्वपुर्ण ऐतिहासिक कोट, दरबार लगायत ऐतिहासिक दस्ताबेज सहितको ब्यानर”एकीकरण मार्ग अभियान बृहत सेमिनार र प्रदर्शनी २०७६” अन्तर्गत जानकारीका लागि राखिएको छ ।