जापान, २ फागुन २०७६ । उपचारका क्रममा टोकियोमा एक चेलीको निधन भएको छ । बाग्लुङ बुर्तीवाङ  घर भइ जापानमा बस्दै आउनु भएकी लाल कुमारी चालिसे (कुवर) को उपचारका क्रममा चोकु अस्पतालमा निधन भएको हो ।

बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका ३ हिल माइत र बुर्तीवाङ  घर भइ रोजगारीको शिलशिलामा टोकियो रहदै आउनु भएकी महिलाको मुटुको शल्यक्रियाका क्रममा निधन भएको हो ।

चोफु स्थित साकाइबारा इन्टिच्युट अस्पतालमा निधन भएको तारा खोला समाजका संरक्षक नर बहादुर थापाले जानकारी दिनु भयो ।

पारिवारिक श्रोतका अनुसार २० बर्ष अधि मुटुको भल्ब फेरिएको थियो । मुटुको समस्या पुनः  बल्झिएपछि अस्पतालमा भर्ना गरिएको थियो । मुटुको शल्यक्रिया सफल हुन नसकेपछि उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

स्व कुवरको अन्तिम श्रदान्जली सहित अन्तेस्ती सोमबार दिउँसो २ बजेर ४० मिनेटमा मेगुरो नजिकैको फुदो मायमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।