काठमाडौं, बिहिबार, ११ मङ्सिर २०७७ । नयाँ नेतृत्व चयनका लागि आजबाट उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु हुँदैछ ।

गत चैतमै हुनुपर्ने साधारण सभा ८ महिनापछि आज (बिहीबार) बाट सुरु हुन लागेको हो । नयाँ नेतृत्व चयन गर्ने यो साधरण सभा तीन दिनसम्म चल्नेछ।

साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाटै जुम मिटिङबाट उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन् ।

उद्घाटन सत्र सकिएसँगै भोलिबाट नेतृत्व चयनको प्रक्रिया अगाडी बढ्ने छ । महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ । जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन् ।

१३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन् ।

तर, वरिष्ठ उपाध्यक्षका लागि भने कडा भिडन्त हुने देखिएको छ । किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार आ-आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्