गोरखा अाषाढ २० ,जिल्लाका झण्डै ११ हजार आर्थिक इकाइको गणना गरिएकोे छ । बैशाख १ गते बाट सुरु भएको गणना कार्यमा ११ वटा स्थानीय तहका गरी १० हजार ९७९ आर्थिक इकाइको गणना गरिएको हो । ‘फिल्डको काम सकिएको छ, अब तथ्याङ्क रुजु गरेर कम्प्युटरमा इन्ट्री गर्ने काम सुरु हुन्छ’ जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख यज्ञमुर्ती भण्डारीले भने । जसअनुसार आरुघाट गाउँपालिकामा ८ सय ८३, अजिरकोट गाउँपालिकाको ७ सय १३, भिमसेन थापा गाउँपालिकामा ७ सय ११ र चुमनुब्री गाउँपालिकामा २१७ आर्थिक इकाइको गणना गरिएको कार्यालयले जानकारी दिएको छ । यसैगरी धार्चे गाउँपालिकाको ५ सय ३४, गण्डकी गाउँपालिकाको ८ सय ४९, शहिद लखन गाउँपालिकाको ८ सय ६२, सिरानचोक गाउँपालिकाको ८ सय ४२ र बारपाक सुलिकोट गाउँपालिकाको ८ सय ८३ इकाइको पनि गणना गरिएको छ । जिल्लाका दुई नगरपालिकाहरु गोरखाको ३ हजार ५९ र पालुङटार नगरपालिकामा १ हजार ४७५ इकाईको पनि गणना सम्पन्न भएको छ । बैशाख १ गते बाट सूरु भएको जिल्लाको आर्थिक गणनाको सम्पूर्ण विवरणहरु आइसकेको कार्यालयले बताएको छ । सोही अनुरुप असार १४ गते जिल्ला आर्थिक गणना समन्वय समितिको अन्तिम बैठक बसेर गणनाको समिक्षा समेत गरिएको छ । भदौमा प्रारम्भिक नतिजा सार्वजानिक गर्ने तयारी गरिएपनि अन्तिम नजिता आउन भने एक वर्ष लाग्ने भण्डारीको भनाई छ । ‘पूर्ण विवरण सार्वजानिक गर्न त झण्डै एक वर्ष लाग्ला, हामी प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छौ’ उनले भने । आर्थिक गणना गरी जिल्लाको आयआर्जन, आम्दान, खर्च लगायत सम्र्पुण आर्थिक तथ्याङ्क संकलन गर्ने उदेश्यले सरकार यो काम गरेको हो । यसले योजना निर्माण गर्न,बजेट विनियोजन लगायतका महत्वपुर्ण काम गर्न पनि सहज हुने विश्वास लिइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्