काठमाडौं, शुक्रबार, १२ मङ्सिर २०७७ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार भने सामान्य घटेको हो ।
बिहीबार ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य समेत घटेको छ। शुक्रबार चाँदीको मूल्य ११ सय ६५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।