काठमाडौंँ, १ पौष २०७५ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको छ ।

अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गते राष्ट्रिय झण्डा दिवसको रूपमा मनाउन लागेको कार्यक्रम संयोजक श्याम बजगाईले जानकारी दिनुभयो ।

उहाँले २०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्