काठमाडौं, आइतबार, २ कात्तिक २०७७ । नेपालमा कोरोना भाइरसका दुई हजार ९ सय ४२ सङ्क्र’मित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्र’मित थपिएका हुन् । साे संख्यामा सङ्क्र’मित थपिएसँगै नेपालमा कुल सङ्क्र’मित एक लाख ३२ हजार २४६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्र’मण पुष्टि भएको जनाएको हो ।

हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्र’मित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्र’मित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्र’मित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्