काठमाडौँ, आइतबार, २८ असार २०७७ । अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा एक वडाध्यक्षसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार ललितपुरबाट नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पनि छन् । मिर्गौला प्रत्यारोपण गर्दा झुटो नाता प्रमाण गरिदिएकोे आरोप वडाध्यक्ष महर्जनमाथि लागेको छ।

केही समय पहिला ललितपुरका एक व्यक्तिले चितवनमा मिर्गौला प्रत्यारोपण गरेका थिए। सोही घटनामा महर्जनको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको दाबी छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्