काठमाडौँ, १० मन्सिर २०७७ \ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान नेपाली कांग्रेसका भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । 

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा कांग्रेसका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका थिए ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको भन्दै पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ ।

कालो झण्डा देखाउने भिडलाई प्रहरीले तितरवितर पारेको छ । अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्