काठमाडौँ, २८ साउन २०७६ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।

अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई मेन्सद गर्दै आफूलाई अमेरिकाले भिषा नदिएको आश्चर्य मान्दै मेन्सन गरेर ट्वीट गरेका थिए ।

क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो ।

दुतावासले भिषा दिएपछि सन्दिपले दुतावास, प्रधानमन्त्रि कार्यालय, परराष्ट्र मन्त्रि प्रदिप ज्ञावली , हेलो सरकार लगायतलाई धन्यवाद दिएका छन् ।

सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।

सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताएका थिए ।