न्यूयोर्क (अमेरिका), असोज ९

संयुक्त राष्ट्रसंघीय माहासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका बसाईलाई नेपालको हितमा अधिकतम प्रयोग गर्न आवश्यक सवै कदम चाल्नुभएको छ ।

अमेरिका पुगेलगत्तै नेपाली समुदाय र खासगरी प्रवासी नेपाली संघ अमेरिकाका पदाधिकारीबाट बधाइ ग्रहणलगत्तैसमृद्ध नेपाल सुखी नेपालीको नारालाई सवैको समर्थन र सहयोगी बनाउने अभियानमा रहनु भएका प्रधानमन्त्री ओलीले हरेक मिनेट यही कामका लागि समयको सदुपयोग गर्नुभएको हो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाका अनुसार प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको हरेक मिनेट र समय देशको हितमा कसरि उपयोग गर्न सकिन्छ भन्नेमा लागिराख्नु भएको देखिन्छ । आफु जस्तै आफ्ना कुटनीतिक टिमलाइ पनि प्रधानमन्त्री ओलीले त्यही काममा लगाउनु भएको छ । जहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायतका टीम पुर्ण रुपमा काममा जुटेको छ ।

‘यतिवेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय माहासभामा भाग लिने क्रममा अमेरिकामा हुनुहुन्छ, आफ्नो भ्रमणसंग जोडिएको अनिवार्य कार्यभार मात्रै पुरा गर्दा पनि उहाँको भ्रमण सफल हुन्छ, ओएनएफका महासचिव देउजाले जनताटाइम्ससँग भन्नुभयो, तर प्रधानमन्त्री ओली नियमित काम भन्दा बढी देशकोहितमा कसरी भ्रमणको समय सदुपयोग गर्न सकिन्छ भनेर लाग्नु भएको छ, अत्यन्तै ब्यस्थ हुनुहुन्छ भेटघाटमा ।’

अमेरिकामा प्रधानमन्त्री ओलीले नेपालमा भन्दा बढी समय दिएर अन्तराष्ट्रिय लगानी भित्र्याउन पहलदेखि नेपाली समुदायलाई नेपालको बिकाशमा आकर्षित गर्न समय खर्चनु भएको देउजाले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्री ओली आफ्नो भ्रमणको हरेक मिनेट र समय देशको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्नेमा लागिराख्नु भएको देखिन्छ, आफु जस्तै आफ्ना कुटनीतिक टिमलार्इ पनि त्यसैमा लगाइरहनु भएको छ,’ देउजाले भन्नुभयो, जसले गर्दा क्यानडासंग कुटनीतिक सहमतिनै भैसकेको छ भने अरु थप केही उपलब्धी पनि हुने जस्तो देखिन्छ, प्रशँसा योग्य सक्रियता अनि गौरव गर्न लायक उपलव्धि ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्