अमेरीका, ३० पौष २०७५ । अमेरिकाको मध्यपूर्वी क्षेत्रमा आएको जिया हिमआँधीबाट पूर्वी समय अनुसार आईतबार १२ बजेसम्म सातजनाको मृत्यु भएको छ भने हजारौ अलपत्र परेका छन् । राष्ट्रिय र स्थानिय राजमार्गमा लामो जाम देखिएको छ ।

अमेरिकाको मिजौरी राज्यमा हिमपातको प्रभाव निकै बढी छ । सडकमा आठघन्टा सम्म लामो जाम छ । आठसय ७८ दुर्घटना भएका छन् । उक्त घटनामा ५७ घाईते भएका छन् भने चारजनाको मृत्यु भएको छ । मिजौरीमा डेढ फुटभन्दाबढी हिउ परेको छ । कान्सासमा हिउको कारण भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

अमेरिकाको राजधानी वासिडंटन डिसीमा शनिबार साँझबाट हिमपात सुरुभएको छ । यहाँ पूर्वी समय अनुसार आईतबार १२ बजेसम्म ६ इन्च हिउ परेको छ । लगातार हिउ परेकोले शाईतबार रातीसम्ममा यहाँ एकफुट बाक्लो हिउ पर्ने अनुमान छ ।

हिमपात बढदै गएकोले ओहायो ,भर्जिनिया र मेरील्याण्ड राज्यले संकटकाल घोषणा गरेका छन् । संकट व्यवस्थापन सजिलो होस भने ति राज्यले संकटकाल घोषणा गरेका हुन । हिमपातका कारण विजुलीको आपुर्ति बन्द भएर मिजौरीको कोलम्बसमा १२ हजार घरपरीवार माईनस ४ डिग्रीको चिसोमा बस्न बाध्य छन् । अमेरिकाभरी ३० हजार घरमा बिजुली छैन् ।

अमरिकाका १० भन्दाबढी राज्य हिमपातले प्रभावित छन् । ति राज्यहरुमा मिजौरी, कान्सास, आईवा, इलिनोईस, इण्डियाना, ओहायो, भर्जिनिया, मेरील्याण्ड, डिसी लगायत छन् । हिमपातले प्रभावित राज्यका विद्यालयहरु सोमबार बन्द हुने भएका छन् ।हिमपातका कारण आईतबार बिहानसम्म चारसय ५० उडान रद्द गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्