अमेरिका, बुधबार, १४ असोज २०७७ । रुकुम जिल्लाबाट क्यालीफोर्निया बसोबास गर्दै आएका नेपाली कांग्रेससंग आस्था राख्नेहरूको भेलाले रूकुम– क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाको गठन गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनंजय नरसिंह केसीको प्रमुख आतिथ्यता र नेपालि जनसम्पर्क समिति नर्दन क्यालिफाेर्निया अमेरिकाका सचिब हरी भट्टकाे बिशेष उपस्थितिमा सम्पन्न भेलाले विनोद पुन मगरको सभापतित्वमा रूकुम(क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाको गठन गरेको हो । उक्त समितिको उपसभापतिमा केशव कुसारी र कमल प्रसाद केसी, महासचिवमा रामकृष्ण कुसारी, सचिवमा उमेश खड्का, दिपेश कुमार जैसी, कोषाध्यक्षमा गोपाल खनाल र सहकोषाध्यक्षमा जयलाल खडका रहेका छन् ।

त्यस्तै सदस्यमा दिपक खनाल, दिपाराम खनाल, कपिलदेव कुसारी, टिकाराम पुनमगर, प्रेम कुसारी, दिपक दाहाल, टार्जन कुसारी, सुदीप कुसारी, विजय गीरी, देवीलाल कुसारी, कैलाश के सी, भिमसेन ओली, अनिल के सी, चन्द्र डांगी, प्रदीप केसि र पूर्ण बहादुर केसी छन् ।

भेलाले नरबहादुर कुसारी र धनबहादुर केसीलाई सल्लाहकारमा सर्वसम्मत चुनेको छ ।

प्रमुख अतिथि केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन् ‘यस नवगठित रूकुम– क्यालिफोर्निया जनसम्पर्क समितिले नेपाली कांग्रेसमा आस्था राख्ने प्रवासमा रहेको जनसम्पर्क समितिको संगठन विस्तार, नेपाली समुदाय विचमा एक आपसमा सहयोग र सदभाब, भातृत्व प्रेमको विकास गरि नेपाली कॉंग्रेस रूकुम पार्टी तथा नेपाली जन–सम्पर्क समिति अमेरिका संग समन्वय गरि संगठन विस्तार एवं सुदृष्टिकरणको विषयमा उल्लेखनीय भुमिका निभाउनेछ भन्नेकुरामा मेरो दुईमत छैन। ’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्