काठमाडौं, शुक्रबार, २९ कात्तिक २०७७ । अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।

१६ इलेक्टोरल मत रहेकमो जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति निर्वाचनका रिपब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाएका छन् । अमेरिकाका सबै ५० राज्यको मतगणना सकिंदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गरेका छन् भने ट्रम्पले २ सय ३२ मत पाएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुल ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिनेछ ।

यसअघि बाइडेनले ट्रम्पको पकड क्षेत्र मानिने एरिजोना राज्य जितेका थियो भने ट्रम्पले नर्थ क्यारोलिना जितेका थिए ।

ट्रम्पको चुनावी अभियानले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित कैयौं राज्यमा उजुरी दर्ता गराएको छ ।

तर बाइडेनको जितको अन्तर फराकिलो रहेकोले ट्रम्पको कानुनी प्रयास खेर जाने जानकारहरु बताउँछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्