एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोली मैत्रीपूर्ण खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ । बिहिबार राति भएको खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीसँग ७२ रनले पराजित भएको हो । नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले २ सय रनको विशाल लक्ष्य भेटाउन सकेन ।

आइसिसीको टिम १ सय २७ रनमा अलआउट भएको थियो । १ ओभर मात्र बलिङ गर्न पाएका सन्दीपले १२ रन खर्चिए । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो । ओपनर एभिन लेविसले ५ चौका र ५ छक्का प्रहार गर्दै २६ बलमा ५८ रन जोड्दै आक्रामक सुरुवात गरे ।

अर्का ओपनर क्रिस गेल २८ बलमा १८ रन जोडेर आउट भए । मार्लोन स्यामुएल्स २२ बलमा ४३ तथा दिनेश राम्दीनले २५ बलमा नटआउट ४४ रन जोडेपछि वेस्ट इन्डिज ठुलो योगफल बनाउन सफल भयो । आन्द्रे रसलले पनि १० बलमा ३ छक्काको मदतले २१ रन जोडे ।

विश्व ११ का रशिद खानले २ तथा मलिक र शहिद अफ्रिदीले १/१ विकेट लिए । २ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको विश्व ११ ले खराब सु?आत गर्‍यो । सुरुमा ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११ लाई थिसरा परेराले सम्हाले । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडेपछि विश्व ११ ले सम्मानजनक योगफल तयार पारेको थियो ।

त्यसअघि तामिम इकबाल २०, लुक रोन्ची ०, स्याम बिलिङ्स ४ र दिनेश कार्तिक ० रनमै आउट भए । सन्दीप १० औं नम्बरमा ब्याटिङ गर्दै ५ बलमा ४ रन जोड्दै नटआउट रहे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्